वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुई पक्राउ



डोटी, (नेस)
डोटीमा बन्य जन्तु चोरी सिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको गस्ति टोलीले खप्तड क्षेत्रमा बन्य जन्तुको चोरी सिकारमा संलग्न दुई जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको सायल गाउपालिका ३ भल्मा बस्ने बर्ष ४८ को डम्मर भुल तथा सोही वडा बस्ने बर्ष ५२ को लालबहादुर बोगटी रहेका छन् ।

गस्ति टोली भल्मा क्षेत्रमा जादा डम्मर भुलको गोठमा लुकाई छिपाई राखेको आलो (काचो) अवस्थामा रहेको रतुवाको छाला,मासु, ढेडु बादको टाउको, छाला अनि भालुका नंग्रा जस्तो देखिने बस्तुहरु फेला पारेको खप्तड राष्ट्रिय निकुञ्जका बन्य जन्तु संरक्षण अधिकृत प्रकाश शाहले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरुलाई आवस्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । गएको असार ६ गते खप्तड राष्ट्रिय निकुञ्जमा बन्य जन्तुको ब्यापाक चोरी सिकारी हुदै भन्ने समाचार नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा प्रकासन भएपछि खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिले चोरी सिकार गर्नेहरुको ब्यापक रुपमा खोजी भईरहेको छ ।

पछिल्लो समय खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा बन्यजन्तुको चोरी सिकार बढ्न थालेपछि निकुञ्ज कर्मचारी तथा सेनाले आफनो गस्ति टोली पनि बढाएको बताईउको छ । भुलको गोठमा बन्य जन्तुका छाला,मासु लगायतका अन्य सरसामान भेटिएपनि मारेको कस्ले हो भन्ने बिषयमा एकिन नभएको खप्तड राष्ट्रिय निकुञ्जका बन्य जन्तु संरक्षण अधिकृत शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्