सामाजिक कुप्रथाविरुद्ध प्रहरी अभियान



विमल विष्ट, डोटी
समाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविविव, वहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैंगिक हिसा, लागुऔअध दुव्र्यसनी लगाएतका कुप्रथाको अन्त्यका लागि डोटी प्रहरीले जिल्लाका बिभिन्न टोल टोलमा प्रहरी अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले केही दिन यता देखी सो अभियानको थालनी गरेको हो । जिल्लाका बिभिन्न गाउ तथा टोलमा अझैपनि बाल,तथा बहु बिबाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफुहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताउनु भयो । उहाँले भन्नु भयो ‘जिल्लाका बिभन्न स्थलमा बहुबिबाह,बाल बिबाह लगायतका घटना कायमै भएको पाएकाले टोल टोलमा प्रहरी अभियान संगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका र्छौ,सबैको सहयोग जरुरी छ ।’

जिल्ला प्रहरी कार्यालय डोटीले जिल्ला सदरमुकाममा १७ वटा प्रहरी टोलि तथा अन्य ग्रामिण क्षेत्रमा रहेका प्रहरी ईकाई मार्फत अभियान सञ्चालन गरीरहेको छ । प्रहरीहरुको टोली टोल टोल,स्कूल तथा सार्वजनिक ठाउहरुमा पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाइ रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक धुर्बबहादुर विष्टले जानकारी दिनु भयो ।

टोल टोल र गाउ गाउमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा वहुविवाह, वालविवाह, छाउपडी प्रथा लगायतका अन्य कुप्रथा अन्त्यका लागि स्थानीयहरुलाई भेला गराएर चेतनामुलक पोष्टर पम्पलेट वितरण गर्ने काम गरीरहेका छन् ।

त्यस्तै प्रहरीले विद्यालयमा पुगेर लागु औषध दुव्र्यसनीमा फसेका वालवालिका, युवायुवतिहरुलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीको उक्त अभियानमा यहाँका जनप्रतिनिधि, कर्मचारी, बिद्यार्थी, शिक्षक, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी, स्थानियबासी तथा सञ्चारकर्मिहरुको समेत सहभागिता रहने गरेको छ । पछिल्लो समय जिल्लामा प्रहरीले सञ्चालन गरेको उक्त कार्यलाई यहाँका स्थानियले स्वागत योग्य काम भन्दै स्वागत समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्