‘निर्वाचन तोक्ने अधिकार आयोगलाई देऊ’



नेपाल समाचारपत्र, काभ्रे
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई उपलब्ध गराउनु पर्ने बताएका छन् । ‘संसद चलिरहेको छ, संसदबाट निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिने कानुन बनाउनुस्’–यादबले भने–‘आयोगलाई अधिकार नहुँदा विगतमा निर्वाचनको मिति घोषणामा भएको घटना सम्झनुस ।’

निर्वाचन आयोगले प्रदेश नम्वर ३ को निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै यादवले भने–‘निर्वाचन आयोगलाई स्वतन्त्र आयोगका रुपमा छाडिदिनु पर्छ’–यादवले भने–‘निर्वाचनको मिति बजेट जस्तै गरी संविधानमै किटानी गरिनु पर्छ ।’ प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका सचेतक रामेश्वर फुँयालले संविधानमा म्याद सकिनु दुई महिना अघि निर्वाचन घोषणा गर्नु पर्ने कानूनी ब्यवस्था रहेको बताए पछि प्रमुख आयुक्त यादवले बजेटको मिति जस्तै निर्वाचनको मिति पनि संविधानमै लेखिदिनु पर्ने बताए ।

मिति घोषणा गर्नु पर्ने अधिकार जबसम्म कार्यकारीले राख्छ तबसम्म निर्वाचनको मिति निश्चित नहुने उनले बताए ।

निर्वाचनमा भएको खर्च पारदर्शी नभएको भन्ने आवाज उठिरहेका बेला निर्वाचनमा हुने खर्चको पारदर्शी आयोगले मात्रै नभई राजनीतिक दलले पनि गर्नु पर्ने प्रमुख आयुक्त यादवले बताए । तुलनात्मक रुपमा धेरै कम खर्च भएको बताउँदै उनले कानुन नभएकाले निर्वाचनका धेरै कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । मतदाता शिक्षा, निर्वाचन सम्वन्धी अन्य विषयहरुमा समयमै कानुन नआउँदा समस्या भएको उनले बताए ।

आयोगलाई सरकारले संसदबाटै स्पस्ट बजेट समेत तोकिदिनु पर्ने प्रमुख आयुक्त यादवले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक रामेश्वर फुयाँलले नेपालमा भएको निर्वाचनमा कर्मचारीहरुको सक्रिय भूमिका रहेको बताउँदै सानो सानो विषयले ठुलो ठुलो समस्या ल्याउने भन्दै समस्यालाई विकराल हुन नदिन समयमै सम्बोधन गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादृुर राउतले निर्वाचनमा समन्वय प्रमुख पाटो रहेको बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले चुनावमा हुँदै गएको भड्किलो खर्च कर्म गर्न ऐन कानुन निर्माण गर्नु पर्ने बताए । प्रजातन्त्र खर्चिलो हुँदै गएको बताउँदै ब्याञ्जुले सबैका लागि निर्वाचन भन्ने नारालाई मितब्ययी बनाउनु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले प्रेस मैत्री कानुन निर्माण गर्नु पर्ने बताए ।

निर्वाचन आयोगका सचिव गेहेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह सचिव दिपकप्रसाद सुवेदीले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए भने जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लामा भएको निर्वाचनका बारेमा जानकारी गराएका थिए । समिक्षा कार्यक्रममा १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी सहभागि छन् ।

 

प्रतिक्रिया दिनुहोस्