कमलरीमुक्त दिवसमा शोकसभा, अझै ९७ जना कमलरी



हरकसिंह धामी, कञ्चनपुर
कञ्चनपुरमा कमलरीमुक्त दिवसको दिन शोकसभा मनाइरहेका छन । नेपाल सरकारले २०७० साल असार १३ गतेका दिन कमलरीमुक्त घोषणा गरेको थियो । तर पनि घोषणमा मात्र सीमित भएको भन्दै मुक्त कमलरी विकास मञ्चले कमलरीमुक्त दिवसको दिन शोकसभाको आयोजना गरेको हो ।

नेपाल सरकार र संयुतm संघर्ष समिति विच २०७० जेष्ठ २४ गतेका दिन १० बुदे सहमति भएता पनि अझै सम्म कार्यान्वयन नभएको मुत्त कमलरी बिकास मन्च कञ्चनपुरकी सह सयोजक शान्ति चौधारीले बताउनुभयो । मालीकले कमलरी राखेका बेलामा बिभिन्न समयमा ६ जनाको हत्या भएको र उनिहरुको सम्झनामा कमलरी मुत्त दिवसको दिन पनि सोख सभा मनाउन दुर्भाय भएको सह सयोजक चौधारी बताईन् ।

हाल सम्म मालिकबाट हत्या हुनेमा अस्मीता थारु,सृर्जना चौधारी, सरिता चौधारी, उर्मीला राना थारु, मेघि चौधारी र सिमा होजामगर रहेकि छन् । त्यसै गरी मालीकबाट बेपता हुनेमा आसरानी थारु, तुलारानी थारु, सुर्या चौधारी, आशा चौधारी, सर्मिला चौधारी र सिता चौधारीको मालीकहरुले बेपत्ता गरेको थियो ।

हाल कञ्चापुरमा ७ जना, कैलालीमा २८ जना, बांकेमा ५ जना, दाङमा २१ जना र सवै भन्दा बदि बर्दियामा ३६ जना कमलरी रहेका छन । ५ वटा जिल्लामा ९ हजार ४ सय ७५ जना स्वीकृत भएका मध्ये ६ सय ८१ जनाले मात्र परीचय पत्र प्राप्त गरेको मुत्त कमलरी बिकास मञ्चको केन्द्रिय कार्यलय दाङले जनाएको छ । बिगतमा भएको सहमतिअनुसार सरकारले आफुहरुका माग सम्बोदन नगरेमा थप आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्