पत्रकारका लागि छात्रवृत्ति प्रदान गरिने 



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल भारत सीमा वारपार हुने मानव बेचविखनका विषयमा पत्रकारहरुलाई ‘द इम्पल्स’ नामक एक एनजिओ नेटवर्क भारतले दुई किसिमको छात्रवृति प्रधान गर्ने भएको छ ।

मंगलबार राजधानीमा प्रकार सम्मेलन गर्दै उक्त एन्जिओकी संस्थापक एवं अध्यक्ष हसिना खार्बीले मुलुृक भित्र र छिमेकि राष्ट्रहरुको सीमामा अवैध रुपमा हुने गरेको मानव बेचविखन सम्बन्धी रिर्पोटिङका लागि रुची भएका पत्रकारहरुलाई छात्रावृत्रिका लागि आवेदन दिन आवह्न गरेकी छन् ।

मानव बेचविखनको रोकथामका लागि पिडितको आवाज उजागर गर्न, समाजमा जनचेतना जगाउन, पिडितहरुलाई उचित न्याय दिलाउनुका साथै समाजिक समस्याको अनुसन्धान र वकालत गर्न पत्रकारीता क्षेत्रमा डिजिटल पत्रकारिता सिपलाई वढवा दिने उद्देश्यले यस अभियान शुरु गरिएको उनले बताईन ।

साथसाथै मध्यम अनुभवका भएका पत्रकारहरुका लागि ४ हप्ते र भर्खरै मात्र पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरुका लागि १ वर्षे गरि दुई किसिमको छात्रवृत्रि प्रदान गर्ने एनजिओले घोषणा गरेको हो । यस छात्रवृत्रि नेपाल, वंगलादेश, म्यानमार र भारतका पत्रकारहरुका लागि मात्र प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्