चुँडिएको औंला जोडियो



नेपाल समाचारपत्र, काठमाडौ
नेपाल मेडिसिटी अस्पताल भैसेपाटीमा रिप्लान्टको माध्यमबाट एक कपडा उद्योगका मजदुरको चुडिएको औला शल्यक्रियाका माध्यमबाट जोडियो ।

डा. संगम रायमाझि र डा.ज्योति रायमाझिको नेतृत्वमा गरिएको शल्यक्रिया झण्डै ४ घण्टा जारी रह्यो । दा“या हातको मेटाकर्पल जोर्नीमा मुख्य असर परेको बिरामीको सफल रिप्लान्ट पश्चात थप दुइ शल्यक्रिया र फिजियो थेरापी आवश्यक रहने डा. रायमाझिले बताउनुभएको छ । केहि महिनामै हातले साविककै ढंगमा काम गर्न सक्ने चिकित्सकले बताउनु भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

मेडिसिटीमा आइपुग्दा सम्म ५ घण्टा ढिला भइसकेता पनि सफल उपचार सम्भव भएकोमा चिकित्सक रायमाझिले औद्योगिक क्षेत्रमा हुनसक्ने दुर्घटनामा घाइते भएकाहरुलाई रिप्लान्ट गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्