जिपको ठक्करबाट किशोरीको मृत्यु


रामपुर

रैनादेवी छहरा गाउँपालिका–४ अमलावासमा बोलेरो जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

जिपको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी १४ वर्षीय विपना काफ्लेको मृत्यु भएको हो । विद्यालयबाट घर फर्कदै गरेकी उनलाई सडक पार गर्ने क्रममा छहराबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु १ प ७७६२ नंको जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते बनेकी बालिकाको उपचारका क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।