राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट


काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जेयन–पिर्रे लक्रोइस्को प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिकाका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।