पकेट मारेको रकम फिर्ता


भक्तपुर

बसमा पाकेटमारालाई समातेर लिएको पर्स सहितको रकम पत्रकार सञ्जीव दाहालले फिर्ता गरेका छन् ।

पत्रकार दाहालले आज ठिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक–२ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमारासँग खोसेका नगद रु २८ हजार १३० र विभिन्न दुई वटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गर्नुभएको छ ।

मंगलबार साँझ मध्य उपत्यका बस व्यवसायी संघद्वारा सञ्चालित बसमा मध्यपुर थिमिमा पाकेटमाराले बस्नेतको पाइन्टबाट पकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमारासँग झगडा गर्ने क्रममा पकेट मारेको पर्स फ्याँकेर फरार भएको दाहालले जानकारी दिनुभयो ।

रकम बुझ्दै बस्नेतले पकेट मारेपछि आफू तनावमा भएको बेलामा दाहालले फोन गरेर आज रकम फिर्ता गर्ने जानकारी गराएको बताउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।