प्रमुख प्रतिपक्ष बिना प्रदेश सभा बस्दा



यमलाल भुसाल, बुटवल ।
प्रमुख प्रतिपक्ष दलको उपस्थिति बिना प्रदेश–५ को प्रदेश सभाको बैठक बसेको प्रति नेपाली काग्रेस प्रदेश नम्वर ५ को संसदीय दलले आपत्ति जनाएको छ ।

मंगलबार दुई पटकसम्म सूचना टाँस गरी स्थगित भएको प्रदेश–५ को प्रदेश सभाको बैठक बुधबार सुरु गरेको हो । त्यसपछि प्रदेश सभा भवन सचिबालयमा नै पत्रकार सम्मेलन गरी काँग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दल बिना बैठक सञ्चालन गर्नु संसदीय मुल्य र मान्यता बिपरित भएको दाबी गरेको छ ।

काँग्रेसका प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा बिरोध गर्ने बताउनुभयो । काँग्रेसले बिनियोजन बिध्येकमा पनि ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै बिरोध गरेको छ ।

२ पटक सम्म सूचना टाँस गरिे स्थगित भएको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अनुपस्थित बिना नै सुरु भयोे । मंगलवार र बुधवार समेत पटक पटक भएका बैठकमा सहमति जुटन नसकेपछी सत्तापक्ष बैठक अघि बढाउने तर्फ लागेको हो भने काग्रेस बैठकमै अनुपस्थित भएको हो ।
प्रदेश सभाको बैठकमा सत्तापक्षका १८ जना सदस्यहरुले विनियोजन विध्येक माथिको छलफलमा भाग लिनु भएको थियो ।

मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक सवा १२ बजे सुरु भएको हो । प्रदेश सभा बैठक भईरहँदा प्रदेश सभामा आएका काग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेल सहितका काँग्रेसका प्रदेश सभा सदस्यहरु संसदीय दलका नेता शर्माको कार्यकक्षमा बसेका थिए ।

बैठकको सुरुमा बोल्दै नेकपाका भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट अति राम्रो र उत्कृष्ट आएको दाबी गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्