व्यापार संघद्वारा लुम्बिनी एक्स्पो–२०७५ को तयारी सुरु

0
Shares

यमलाल भुसाल, बुटवल ।
विगतका बर्षहरु जस्तै यस बर्ष पनि रुपन्देही व्यापार संघले बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ गर्ने भएको छ । संघले एक्स्पो सफल बनाउन आवश्यक तयारी सुरु गरेको छ । यहि २०७५ पौष ५ देखि १८ गतेसम्म आयोजना हुने एक्स्पो सम्पन्न गर्न संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

स्वरोजगार आत्मनिर्भता हाम्रो आधार, शहरदेखि गाँउसम्म व्यापार विस्तार भन्ने मुल नारालाई आत्मसात गदै संघले उत्पादन र उपभोतmा विचको सम्बन्धलाई थप विविधिकरण गर्न र उपभोक्तलाई स्वरोजगार र आत्मनिर्भर वनाउन सहयोग गर्ने उद्देश्यका साथ लुम्विनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै आएको छ ।

२०७५ मा आयोजना हुने एक्स्पो तथा मेलालाई प्रभावकारी ढंगले सम्पन्न गर्न विभिन्न ४२ वटा उपसमितिहरु गठन गरेको संघका महासचिव प्रकाश ढकालले जानाकारी दिनुभएको छ । संघका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित मुल समिति, र विभिन्न ४२ वटा उपसमिति गठन गरिएको छ ।