निजगढमा निजी भन्दा सामुदायिक विद्यालय अब्बल



गोकुल घोरसाइने, बारा ।

यसपटकको एसइई परीक्षामा बाराको निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयका विद्यार्थीले निजी विद्यालयको भन्दा राम्रो परिणाम ल्याएका छन् ।

हालै प्रकाशित परीक्षाफलले निजगढका सामुदायिक विद्यालयको परिणाम निजी विद्यालयको भन्दा निक्कै राम्रो देखाएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशङ्कर माध्यमिक विद्यालयबाट यसपटक ९ जना विद्यार्थीहरुले ‘ए’ प्लस ल्याएका छन । यो विद्यालय बारा जिल्लाका अन्य विद्यालयको तुलनामा राम्रो नतिजा ल्याउने विद्यालय पनि बनेको छ ।

प्राविधिक क्षेत्रबाहेक सामान्यतर्फको सामुदायिक विद्यालयहरुमा गौरीशङ्कर माध्यमिक विद्यालय बारा जिल्लाकैै उत्कृष्ट विद्यालय बनेको प्रधानाध्यापक रामकुमार शर्माले बताउनुभयो । ‘जिल्लामा केही विद्यालयबाट त्यसमय पनि २/४ जनाले मात्र प्लस ए ल्याएका छन, शर्माले भन्नुभयो, प्रारम्भिक नजिताअनुसार गौरीशङ्कर माध्यमिक विद्यालयले यसपटक सबैलाई उछिनेको छ ।’ उहाले यसअघि पनि विद्यालयले स्थानीय निजी विद्यालयकोे भन्दा लगातार राम्रो रिजल्ट ल्याउदै आएको बताउनुभयो ।

पछिल्लोसमय निजगढका सामुदायिक विद्यालयले निजी विद्यालयलाई उछिन्दै आएका छन । निजगढ नगरपालिका ५ को सार्वजनिक माध्यमिक विद्यालय र निजगढ ६ स्थित अर्को विद्यालय गौरीशंकर माविका छात्राका १÷१ जना छात्राले पनि प्लस ए ल्याएका छन । यसपटक गौरीशङ्कर माविका ९ सहित सामुदायिक विद्यालयका ११ जना विद्यार्थीले ‘ए प्लस’ ल्याउदा निजी विद्यालय विद्यासागर बोर्डिङ्ग स्कुल र होली एन्जल्स बोर्डिङ्ग स्कुलका १/१ जना विद्यार्थीले मात्रै ‘ए प्लस’ ल्याएका छन् ।

निजगढस्थित सामुदायिक विद्यालयले अग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि परीक्षाफलमा सुधार आएको छ । गौरीशङ्कर मावि र अन्य दुई विद्यालयमा अंग्रेजी माध्यममा पढ्ने बढी विद्यार्थीले ‘ए प्लस’ ल्याएका छन् ।
यहाका विद्यालयमा अग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन संचालन हुदै आएको छ । सी परिक्षामा गौरीशंकरबाट २५, सार्वजनिकका २ र गौरींशकर सडकटोलका ७ विद्यार्थीले ‘ए’ ग्रेड ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्