सरिफको सम्पती

0
Shares

लन्डन (एजेन्सी)
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ र उनका परिवारको लन्डनमा कुल ३ करोड २० लाख पाउन्ड बराबरको सम्पती रहेको बताइएको छ । एक समाचारमा सन् १९९३ मा सरीफको घर एवनफिल्ड हाउसको ४ तल्ला भत्काएर बनाइएको हो । सरिफ र उनका परिवारले एवनफिल्ड फ्लाट्समाथि २० भन्दा धेरै सम्पती किनेको एक बेलायती अखबारले जनाएको छ । समाचारमा सरिफले हाइड पार्क स्थित घर ३ करोड २० लाख डलरमा विक्री गरिएको उल्लेख गरिएको छ । उक्त सम्पती सरिफका छोरा हसनले विक्री गरेको हो । नवाज सरिफले ती आरोपलाई अस्विकार गरेको छ ।