मेटिस बइजिङमा

0
Shares

बेइजिङ (एजेन्सी)
अमेरिका रक्षामन्त्री जिम मेटिस दुई दिवशिय चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी तथा नेताहरुसँग उत्तर कोरियाको परमाणु निसस्त्रिकरण तथा क्षेत्रिय स्थिरतामा चर्चा गरेको जनाइएको छ । यसअघि चीनका रक्षा मन्त्री वे फेंगको निमन्त्रणमा चीन पुगेका मेटिसले सरकारका वरिष्ठ नेताहरुसँग भेट्ने अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

सन् २०१४ पछि कुनै अमेरिकी रक्षा मन्त्रीले गरेको यो पहिलो चीन भ्रमण हो । चिनियाँ राष्टपति सी जिनपिंगको उत्तर कोरियाली नेता किम जोङसँग भेटवार्ता भएको एक हप्ता भित्रै मेटिसको भ्रमण भएको हो ।