मेयर उम्मेदवारको हत्यापछि प्रहरी दस्तै गिरफ्तार


मेक्सिको सिटी (एजेन्सी)
मेक्सिकोको सहर ओकाम्पोमा एक मेयर उम्मेदवारको हत्यामा संग्लन रहेको आसंकामा सबै प्रहरीलाई पक्राउ गरिएको छ ।
६४ बर्षिय फर्नान्डो एन्जेल्स जआरेजलाई एक अज्ञात बन्दुकधारीले मंगलबार उनको घर बाहिर गोली हानी हत्या गरेको थियो ।
जुलाइ १ बाट मेक्सिकोमा आम चुनाव हुन गइरहेको छ । यसअघि चुवावी हिँसाका क्रममा १ सय भन्दा धेरै नेताको हत्या भइसकेको छ । विगत एक हप्तामा मिचिअकान राज्यमा मारिने एन्जेल्स तेस्रो नेता हुन् । हत्यापछि संघिय प्रहरलिे आइतबार सहरका २७ प्रहरी अधिकारी र सार्वजनिक सुरक्षा स्थानिय सचिवलार्य पक्राउ गरेको छ ।

एन्जल्स एक सफल ब्यापारी थिए । राजनितिमा चासो राख्दै आएका एन्जल्सले सुरुमा निर्दलिय उम्मेदवारका रुपमा चुनाव लड्ने सोच बनाएको तर पछि मेक्सिकोको एउटा ठुलो राजनितिक पार्टी डेमोक्र्याटिक रिभोलुसनमा संलग्न भएका थिए ।
उनको हत्याको आरोप ओकोम्पोका सुरक्षा सचिव अस्कर गोन्जालेज गार्सियामाथि लागेको छ । मेक्सिकोका संधिय प्रहरीले शनिबार उनलाई पक्राउ गर्न जाँदा स्थानिय प्रहरी अधिकारीले उनीहरुलाई रोकेको थियो ।

त्यसपछि आइतबार पुरै दलबल सहित पुगेका संघिय प्रहरीले पुरै स्थानिय प्रहरीको समुहलाई नै पक्राउ गरेको थियो ।
प्रहरीकर्मीहरलाई हथकडी लगाएर सोधपुछका लागि राजधानी ल्याइएकोछ । सुरक्षा सचिव र उनका प्रहरीमाथि राज्यका संगठित आपराधिक समुहसँग सम्बन्ध राखेको आरोप लागेको छ । आगामी हप्ता मेक्सिकोमा राष्टपति, सांसद र मेयरका लागि चुनाव हुन गइरहेको छ ।