केसीसीमा दिगो विकास लक्ष्य सम्बन्धी कार्यशाला

0
Shares

काठमाडौं (नेस)
कान्तिपुर सिटी कलेज (केसीसी) काठमाडौंले ‘दिगो विकास लक्ष्य’ सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ । कार्यशालासँगै ‘म्यानेजमेन्ट स्कलर्स’ म्यागजिनको छैठौ अंक पनि विमोचन गरिएको छ ।

कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका निर्देशक डा. श्यामप्रसाद लोहनी र उक्त कलेजका संस्थापक हेमन्त शमशेर राणाले संयुक्त रूपमा गर्नुभएको थियो ।

दिगो विकासका लक्ष्यहरू सम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै डा. विनायक कुमार थापाले दिगो विकास, दिगो विकासका लक्ष्यहरू र दिगो विकास समाधानका विषयलाई भूमण्डलीकरण प्रविधिको विकासस“ग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो ।

उक्त कार्यक्रमका अतिथि इन्द्र कुमार श्रेष्ठले दिगो विकासका लक्ष्यलाई आफ्नो दैनिक जीवन र व्यावसायिक जीवनस“ग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो ।