मोटरसाइकल दुर्घटनामा मृत्यु


कपिलवस्तु, (नेस)
मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । भने दुर्घटनामा परी दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे८प ११५१ नम्बरको मोटरसाइकल जिल्लाको शिवराज नगरपालिका ५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा ठोक्किन गई दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो । दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका १, बस्ने वर्ष ४० का अनिल बस्नेतको मृत्यु भएको छ । मृतक मोटरसाइकल चालक हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।