दृष्टिहिन न्यायधिष

0
Shares

लाहौर (एजेन्सी)
लाहौर युसुफ सलिम पहिलो दृष्टिहिन न्यायधिष बनेका छन् । उनले ६ हजार ५ जना उम्मेदवारबीच न्यायधिषका लागि लिएको परीक्षामा शार्ष स्थान हासिल गरेका थिए । तर दृष्टिहिन भएकाले अन्तरवार्तामा उनलाई फेल गरिएको थियो ।

पाकिस्तानका प्रधान न्यायधिष साकिब निसारले यसमा हस्तक्षेप गरेपछि चयन समितिले अन्तिम नतिजामा पुनर्विचार गरेको थियो । अब उनी पाकिस्तानको पहिलो दृष्टिहिन न्यायधिष बन्नका लागि तयार छन् । लाहौरका युसुफले सन् २०१४ मा कानुनको डिग्री पन्जाब विश्वविद्यालयबाट गोल्ड मेडल सहित पुरा गरेका थिए ।