छुद्रग्रह ठोक्कियो

0
Shares

मस्को (एजेन्सी)
पाँच बर्षपछि रुसको वायुमण्डलमा अर्को छुद्रग्रह ठोक्किन पुगेको छ । चेल्याबिन्स्क नगरमा त्यतिबेला हजारौं झ्याल चकनाचुर भएको थियो भन्दा हजार भन्दा बढी घाइते भएका थिए । गत हप्ता विहानै आकाशमा अर्को छुद्रग्रह विस्फोट हुँदा चम्किलो प्रकास देखिएको थियो ।

मस्को र युक्रेनको सीमा बीच लिपेत्स नगरमा भएको उक्त घटनामा निस्केको आगोको गोला भिडियो क्यामरामा कैद भएको थियो । यो एक सेकेन्डका लागि चहकिलो भएको र कयौं मिनेट सम्म धुँवा छोडेको देखिन्थ्यो । पृथ्वीको वायुमण्डलमा ठोक्किएको उक्त छुद्रग्रहलाई अमेरिकी सरकारको परमाणु विस्फोट पत्तालगाउने सेन्सरले पनि देखाएको थियो ।