सामुहिक हमला

0
Shares

किभ,(एजेन्सी)
पश्चिमी युक्रेनको रोमा स्थित एक शिविरमा शनिवार राति भएके एक आक्रमणमा एक व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ । मध्यरातको केहि समयपछि भिभ शहर नजिकको उक्त शिविरमा विभिन्न हातहतियार सहित आएका मकुन्डोधारीहरुको एक समुहले आक्रमण गरेको बताइएको छ ।

यस घटनामा छुरा प्रहारबाट एकजना २४ वर्षिय युवकको ज्यान गएको छ भने दस वर्षिय बालक सहित अन्य चारजना घाइते भएका छन् । आक्रमणको सुत्रधार २० वर्षिय युवक सहित १६ देखि १७ वर्षका सातजना आशंकित व्यक्तिलाई प्रहरीले गिरफतार गरेको गृह मन्त्रालयले जनाएके छ ।