एनआईसी एसियाको नयाँ शाखा झापाको कचनकवलमा

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले नया“ शाखा झापा जिल्लाको कचनकवल गाउ“पालिका– ६, बनियानीमा स्थापना गरेको छ । प्रदेश नम्बर १ का सांसद बसन्त कुमार बानिया“ र कचनकवल गाउ“पालिकाका अध्यक्ष अन्जरा आलमले उक्त शाखाको उद्घाटन गर्नुभएको हो ।

एनआईसी एसिया बैंकले मुलुकभर २ सय २४ शाखा कार्यालय, २ सय १७ एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १ खर्ब ७४ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ खर्ब ४९ अर्ब पुगेको छ । त्यसैगरी बैंकको कुल कर्जा रकम १ खर्ब १९ अर्ब रहेको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा जम्मा सेवाग्राहीको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।