सीजी मोबाइल्सको दुई नयाँ मोडल बजारमा

0
Shares

काठमाडौं, (नेस)
सीजी मोबाइल्सले आफ्नो फिचर फोन विधामा दुई नया“ मोडल थप गरेको छ । कम्पनीले नया“ फिचरका साथैं सस्तो मूल्यमा ओरिओन १८१ डब्ल्यु र ओरिओन २४१ डब्ल्यु गरी दुईवटा मोडलका मोबाइल फोन बजारमा ल्याएको हो ।

दुई मध्यमा सस्तो मानिएको ओरिओन १८१ डब्ल्युमा १ दशमलव ८ इन्चको स्क्रिन, डिजिटल क्यामेरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, डबल सिम र १००० एमए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम, ब्लूटुथ, म्युजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेका छन् । यसको बजार मूल्य १ हजार १ सय ९९ रुपिया“ तोकिएको कम्पनीले जनाएको छ ।

ओरीओन २४१ डब्ल्युमा २ दशमलव ४ इन्चको स्क्रिन, डिजिटल क्यामेरा, ८ जीबीसम्म थपगर्न सकिने मेमोरी, डबल सिम र १००० एमए एचको ब्याट्री रहेको छ । यस मोडलमा पनि वायरलेस एफएम, ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता विशेषता छन् । कम्पनीले यसको बजार मूल्य १ हजार ४ सय ९९ तोकेको छ ।

ओरीओन १८१ डब्ल्यु कालो–निलो, कालो–पहिलो र कालो–रातो रङ उपलब्ध छ भने ओरीओन २४१ डब्ल्यु कालो– रातो र कालो–सुन्तला रङमा उपलब्ध छ ।