नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकले मंगलबारदेखि १४ दिनका लागि ५ सय करोड रुपिया“ निक्षेप संकलन उपकरण प्रयोग गरी बजारबाट रकम उठाउने भएको छ । ३ प्रतिशत ब्याजरदरमा राष्ट्र बैंकले असार २६ गतेसम्मका लागि सो रकम संकलन गर्ने भएको हो ।
अन्तर बैंक ब्याजदर घटेको तथा ब्याजदर करिडोर सीमा घटेर तीन प्रतिशतभन्दा तल ओर्लिएको अवस्थामा केन्द्रीय बैंकले सो उपकरण प्रयोग गरेको हो । ब्याजदर करिडोरअन्तर्गत अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशतभन्दा कम भए बैंकबाट पैसा प्रशोचन गर्ने गर्दछ ।
वित्तीय बजारमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले तरलता प्रशोचन गर्दै आएको छ । निक्षेप संकलन गर्न ब्याजदरमा प्रतिस्पर्धा गरिरहेका वाणिज्य बैंकहरूले गएको महिनामा ४५ अर्ब रुपिया“ निक्षेप बढाएर २३ खर्ब ५७ अर्ब रुपिया“ पु¥याएका छ । आर्थिक वर्षको अन्तिम समयमा सरकारी खर्चमा भएको उच्च वृद्धिका कारण बैकिङ च्यानलमा पैसा आउन थालेपछि निक्षेप बढेको हो ।
निक्षेप बढेसँगै लगानीयोग्य पु“जीका निम्ति बैंकहरूलाई सहज भएको छ । वैशाखदेखि निक्षेप बढ्न थालेको थियो । वैशाखमा वाणिज्य बैंकहरूमा निक्षेप २२ खर्ब ९३ करोड थियो । गत पुसमा बैंकमा २१ खर्ब ९९ अर्ब थियो । ६ महिनाको अवधिमा बैंकहरूमा १ खर्ब ५८ अर्बले निक्षेप बढेको छ ।
बैंकहरूले पुस यता १ खर्ब ९२ अर्ब रुपिया“ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा निक्षेप संकलनको तलुनामा ३४ अर्ब बढी कर्जा प्रवाह भएको छ ।
अघिल्लो महिनासम्म २० खर्ब ६९ अर्ब रुपिया“ कर्जा प्रवाह भएको छ । निक्षेप ४५ अर्बले बढ्दा कर्जा लगानी करिब ३० अर्ब भएको हु“दा बजारमा अधिक तरलता देखिएको छ ।











प्रतिक्रिया