४५ लडाकू मारिए

0
Shares

बग्दाद, (एजेन्सी)
इराकले कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का ४५ लडाकू मारेको दाबी गरेको छ। पूर्वी सिरियामा गरिएको हवाई हमलामा आईएसका केही वरिष्ठ नेता पनि मारिएको इराकले जनाएको छ। हजिन इलाकास्थित खोँचमा आईएसको बैठक भइरहेका बेला ३ घरलाई निसाना बनाइएको इराकी सेनाको स्रोतले जनाएको छ। फरात घाटी उक्त इलाका सिरियामा आईएसको नियन्त्रणमा रहेका केही हिस्सामध्येमा पर्छ। मारिनेमा आईएसका उपयुद्धमन्त्री, एक मिडिया प्रमुख, प्रहरी प्रमुख र संगठनका नेता अबु बकर अल बगदादीका निजी सन्देशवाहक परेको जनाइएको छ।