निःशुल्क बोका वितरण

0
Shares

हरकसिंह धामी, कञ्चनपुर
कञ्चनपुरमा रहेको राष्ट्रिय प्रकृतिक संरक्षण कोषले निःशुल्क रुपमा उन्नत जातको नश्लको बोयर बोका वितरण गरेको छ । मध्यवर्ती क्षेत्रमा रहेका ६ समूहलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोष र युएसयफडब्लुएसको आर्थिक सहयोगमा १३ वटा बोयर प्रजातिको बोकाहरु त्रिपक्षीय सम्भौताको आधारमा गरीव विपन्नन वर्गका कृषकलाई गोला प्रथाका आधारमा वितरण गरिएको हो ।

वितरण गरिएका १३ वटा बोकामध्ये ३ वटा भीमदत्त नगरपालिकाको शुक्लाफा“ट उपभोक्ता समूहका मदनसिह साउथ, वीरबहादुर नेगी र जयराज जोशीलाई प्रदान गरिएको छ ।
त्यस्तै २ वटा वेतकोट नगरपालिकाको बेदकोट उपभोक्ता समूहका कृषक लोक पाण्डेय र नवलसिह रावल र महाकाली नगरपालिकाका हिमालयन उपभोक्ता समूहका कृषक धनबहादुर बम र दुर्गासिह धामी, सगरमाथा उपभोक्ता समूहका कृषक सर्वजित बुढा र योगेश खड्का गरी ४ वटालाई राष्ट्रिय प्रकृतिक संरक्षण कोष कञ्चनपुरका कार्यालय प्रमुख अनिल प्रसागाईले हस्तान्तरण गर्नु भएको थियो ।

राष्ट्रिय प्रकृतिक संरक्षण कोष कञ्चनपुरका कार्यालय प्रमुख अनिल प्रसागाईले मध्यवर्ती क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गको आय आर्जनमा वृद्धि गराई आर्थिक स्तर माथि उकास्ने र खुल्ला चरी चरन रोक्ने उद्देश्य रहेको बताउनुभयो । शुक्लाफा“ट उपभोकत्ता समूहका जयराज जोशीले यो कार्यक्रमले आफूलाई बाख्रा पाल्नमा अग्रसर गरेको, आर्य आर्जनमा सहयोग गर्ने विश्वास लिएको र समुदायका अन्य कृषकलाई पनि सल्लाह दिने बताउनुभयो ।

त्रिशक्ति उपभोक्ता समूहकी महिला कृषक विमला साहुले गाउ“मा यस्ता उन्नत खाल्लका बोका नपाइने भएकाले आफूलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोषले बोका वितरण खुशी लागेको र अहिलेको भन्दा राम्रो व्यावसायिक तरिकाले बाख्रा पाल्नमा लाग्ने उहा“ले बताउनुभयो ।