बजेट असमान भएको भन्दै कांग्रेसद्वारासभा बहिस्कार



यमलाल भुसाल, बुटवल ।
प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार संसद वैठक बहिस्कार गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत भएको थियो ।

सोमबार दिउँसो १ बजे बसेको बैठकमा कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सांसदले आ आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडि बढाउन पटक पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक नै बहिस्कार गरी बाहिरिएका थिए ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले आफूहरूले उठाएका मागहरू संसदमा मुख्यमन्त्रीले सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध गर्ने बताउनु भयो ।

‘सरकारले ल्याएको बजेट कहिँ धेरै, कहिँ खाली’ जस्तै छ, यसले विकास हुदैन, यस्तोवजेट हामीलाई स्वीकार्य छैन’, उहाँको कथन छ ।
माग सम्बोधन नभएसम्म बैठकमा सहभागि नहुने कांग्रेसले अडान लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्