‘ऐतिहासिक अबसर छोप्न नसके काँग्रेसकै हालत’



यमलाल भुसाल, बुटवल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश ईन्चाज घनश्याम भुसालले बिकास र नेपालको भबिश्य कम्युनिष्टको हातमा आएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो—‘अब पार्टी नै भ्रष्टाचार बिरोधी छन् भन्ने कुरा नेकपाले प्रमाणीत गर्नुपर्छ,पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिदैन,दुनियासंग लड्न सक्नेगरि हामी पार्टी निर्माण गर्छाै ।’ हिजो कांग्रेस कति बलियो थियो,चुनाबमा यसरी हारिन्छ भन्ने त डिएन्एमै सोचेकै थिएन ।’ उहाँले थप्नु भयोे—‘ अहिले कम्युनिष्टलाइ ठुलो अबसर छ ,ऐतिहासिक अबसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छाैं ।’

उहाँले नेपालमा २००७ हुदै २०४६ सम्म त कम्युनिष्ट निकै सानो भएको बताउदै ०४६ पछि मात्रै कम्युनिष्ट उदाएको चर्चा समेत गर्नु भयो ।

उहाँले भन्नु भयो—‘इतिहासमा कांग्रेस पछाडि परेको तर्क गर्दै कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो,अब हामीपनि सकेनौं भने मौका गुमाउछौं ।’

संघीयतालाइ बलियो बनाउने गरि अहिलेको बजेट आएको भन्दै नेता भुसालले राजनीतिक प्रतिबद्धता भएमात्र बजेटको कार्यान्वयन हुने प्रष्ट पानु भयो ।

संघीयसभा सांसद भुसालले बिदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताउदै ‘अनुदानले देश बन्दैन,अनुदानमा केके सर्त हुन्छन् ,बरु ऋण ठीक हो,देशले पचाउन सक्ने सामथ्र्य भए ऋणले राष्ट्र डुब्दैन ।’

ऋण ल्याएर भक्ता बाड्ने,भ्रष्टाचार गर्ने काम भए मुलुक सत्यानाशै र बर्बादै हुने उहाँको भनाइ छ ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भुसालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको कुरा निकाल्नु अहिलेको सन्दर्भ भन्दा फरक भएको बताउनु भयो ।

‘अहिले संबिधान कार्यान्वयन गर्ने बेला हो ,पहिला यस्लाइ कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला,यस्लाइ कस्ले रोकेको छ र ,उहानै अध्यक्ष हुनुहुन्छ ।’

कम्युनिष्ट वा कांग्रेसबाहेकले देश चलाउन नसक्ने भन्दै उहाँले भन्नु भयो—‘ कि हामी कि कांग्रेस अर्काे कुनै क्षेत्रिय दल वा नयाँ खोलेका दलले सत्ता चलाउन सक्दैनन् ।’अहिले कांग्रेसले आफुलाइ डिफेन्सी मेन्टालिटी बनाएको भन्दै भुसालले कम्युनिष्टले कांग्रेसलाई नहेपेको दाबि गनु भयो ।

अहिलेसम्म चीनसंग नेपालको सम्बन्ध समस्या रहित रहेको भन्दै उहाँले भन्नु भयो—‘चीनबाट पुल मागेर,हाइड्रो ,रेल मागेर हामी धनी हुदैनौं ,रेलमा त हामी नै हिड्ने होलानी ?’पार्टी एकिकरणका बेला हुलुमलमा कोहि अगाडि गएपनि पछि सबै ठिक ठांउमा आउने उहाँको दाबि छ ।

दुनियाका अगाडि चुनाबमा ५ हजार भत्ता बढाउछौं भनेपनि ढुकुटीमा पैसा नभएकाले बांड्न नसकिएको उहाँका कथन छ ।स्थानीय तहमा पुगेका अधिकार अभ्यास गर्न अन्यौल भएको भन्दै उहाँले अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाइ आग्रह समेत गनु भयो ।

प्रतिक्रिया दिनुहोस्