दोलालघाट, काभ्रे । विगत केहि दिन देखि सुनकोशी नदी किनारबाट प्रशासनकै मिलेमत्तोमा व्यापक रुपमा बालुवा अवैद्ध उत्खनन् गरि तस्करी भइरहेको छ । कोशीपारि जाने पक्की पुलको दुई सय मिटर वरपरबाटै जनप्रतिनिधि समेतको मिलेमत्तोमा दैनिक ५०औं ट्रिपर वालुक निकासि भैरहदा पनि सरोकारवाला निकाय मौन बसेका छ ।
स्थानिय बासिन्दाले अवैद्ध वालुवा उत्खनन् भैरहेको भनी प्रहरी प्रशासनलाई बारम्बार जानकारी दिदै तागेता गर्न थालेपछि नदि किनारमा सोमबार प्रहरी पुगेपनि अवैद्ध वालुवा उत्खनन् गर्ने स्थानिय गुण्डा नाइकेहरु र वालुवा लिन गएका ट्रिपरहरु सबैलाई भगाएको छ । सोमबार प्रहरी पुग्नु अघि नै १५÷२० टिप बालुवा तस्करी भैसकेको थियो । अघिल्लो दिन आइतवार पनि बालुवा तस्करी भएको सुचना स्थानीय प्रहरीलाई बारम्बार दिएपनि दिनभर प्रहरी नदी किनारमा पुगेको थिएन् ।
सोमबार पनि धुलिखेलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) लाई स्थानिय बासिन्दाहरुले चर्को दवाब दिएपछि मात्र झारा टार्ने हिसाबले नदि किनारमा प्रहरी परिचालन गरेको स्थानिय बासिन्दाको आरोप छ । यस्तै तरिकाले सुनकोशी नदिवाट अवैद्ध बालुवा उत्खनन् हुन थालेको वर्षौ वितिसकेको छ ।
स्थानीय बासिन्दा जिवन जनिमरुले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार केहि दिन देखि सुनकोशी नदिको पक्कि पुल र बस्तीको दुईसय मिटर वरपरबाटै व्यापक रुपमा अवैद्ध वालुवा उत्खनन् भैरहेको छ । भुम्लु गाउपालिका वडा नं ८ मा पर्ने दोलालघाट सुनकोशी पारि बाट अवैद्ध उत्खनन् गर्न वडा अध्यक्ष मोतीलाल तामाङले साथ दिइरहेका छन् ।
स्थानिय बासिन्दाका अनुसार स्थानिय गुण्डाहरुले एक टिप बालुवा निकाले बापत वडा लाई २ हजार रुपैया, वालुवा निकाल्ने मजदुरलाई ५ हजार रुपैया र ७ हजार रुपैया उनिहरुले राख्ने गर्छन ।
प्रति ट्रिपर १३ हजार देखि १५ हजार सम्म रुपैया लिने गरिएको छ । वावुवा निकाल्ने तस्करहरुले आप्mनो भागमा आउने रकम बाट प्रहरी प्रशासन सबैको सेटिङ मिलाउने गर्छन । प्रत्येक दिन ३०/४० टिप देखि ५०/६० टिप सम्म बालुवा तस्करी गर्दा दैनिक दुई लाख रुपैया सम्म कमाई हुन्छ । यहि रकम बाट उनिहरुले प्रहरी प्रसासन सबै सेटिङ मिलाउने गरेका छन् । स्थानिय बासिन्दाका अनुसार तस्करहरुले जहिले पनि भुकम्प पिडितहरुको लागि बालुवा निकालेको भन्दै अवैद्ध उत्खनन् गरिरहेका छन् ।
वालुवा तस्करीको सेटिङमा रहेका प्रहरी प्रसासनले यति सम्म नाटक रच्छन की कुरा गरि साध्य छैन भन्दै एक स्थानिय बासिन्दाले भने– ‘वालुवा अवैद्ध उत्खनन रोक्ने बारे स्थानिय प्रहरीले चासो नदेखाएपछि मैले प्रमुख जिल्ला अधिकारीलाई सुचना दिए । प्रमुख जिल्ला अधिकारीले एसपीलाई भनेछन क्यार, एसपीले स्थानिय प्रहरीलाइृ भनेछन । त्यसपछि स्थानिय प्रहरीले फोन गरेर किन माथि उजुरी गरेको मलाई भनेको भए हुन्थ्यो, तिम्रो नम्बर ब्ल्याक लिष्टमा परेको छ सम्म भने ।’
प्रहरीको मिलेमत्तो भएपछि सुचना दिनेलाई समेत प्रहरीले विभिन्न बहानामा दुख दिने गरेको स्थानिय बासिन्दा हरुको गुनासो छ । यस्तो सुचनाहरु गोप्य राखि अनुसन्धान अघि बढाउनु पर्नेमा प्रहरीहरुले तस्करीहरुलाई समेत फलानो फलानोले तिमिहरुको अवैद्ध धन्दाको सुचना दिएको छ भनेर प्रहरीहरुले उचाल्ने गरेका छन् ।
‘न टेक्ने खुड्कीलो न समाउन हाङ्गो जस्तो छ’ अवैद्ध उत्खनन् बारे विरोध गर्न डराउदै स्थानिय बासिन्दाहरु भन्छन– केश परेपछि प्रहरी तस्करीहरु संगै मिल्छन् , साक्षि बस्ने उनिहरुको एकसय जना हुन्छन हाम्रो पक्षमा कोही हुदैन । अवैध बालुवा उत्खनन् बारे प्रहरीलाई जानकारी दिदा सुचना दिनेको नाम र फोन नम्बर गुण्डा नाइकेहरुलाई दिने र उनिहरुले एकान्त पारि ति सुचना दिने व्यक्तिलाई कुटपटि गर्ने गरेको घटनाहरु प्रनि प्रसस्त भएको स्थानिय बासिन्दाको आरोप छ । ट्राफिक प्रहरीले समेत प्रति ट्रिपर मासिक एक हजारको दरले महिनावारी असुल्दै आएको गुनासो पनि आइरहेको छ ।











प्रतिक्रिया