प्याराग्लाइडिङ गर्दा दुर्घटनामा परेका दुईको सकूशल उद्धार

0
Shares

कास्की । पोखरा लेखनाथ महानगरपालिका  ६ स्थित फेवातालबाट एपीएफ टोलीले प्याराग्लाइडिङ् गर्ने क्रममा तालमा खसेका दुई जनाको सकूशल उद्वार गरेको छ । लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए । उक्त दुुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्वार कार्यमा जुटेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक धमेन्द्र चौधरीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मोटरबोटको सहायताले चिनियाँ नागरिक ३० वर्षिया लियु फेन र पोखरा महानगरपालिका ६ लेखसाइड बस्ने ३२ वर्षिय सुरेश नेपालीको सकूशल उद्वार गरेको हो ।