प्रमुख महर्जनलाई स्थानीयले सोधे ‘स्थानीय सरकार खोई ?’

0
Shares

काठमाडौं । सयौं सर्वसाधारणले आईतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई घेराउ गरी खोई त स्थानीय सरकार भने प्रश्न तेस्याएका छन् ।
ललितपुर –१२ स्थित ऐतिहासिक र पुरात्तात्विक महत्वको वटुक भैरव परिसरको जग्गा अतिक्रमण खोज्दापनि महानगरपालिका चुपचाप बसेको भन्दै स्थानीयले सो आरोप लगाएका हुन् ।उपत्यका काठमाडौं विकास प्राधिकरण लगनखेल –सातदोबाटो सडक खण्ड फराकिलो पार्न बिहीबार डोजरले मन्दिरको पर्खाल भत्काएको थियो । त्यस दिनदेखि प्रदर्शनमा उत्रिएका स्थानीयले हिजो प्रमुख महर्जन समक्ष ज्ञापनपत्र बुझाउ“दै स्थानीयले भने ‘ ऐतिहासिक मन्दिर भत्काउ“दा मयेर, उपमेयर चुपचाप, खोई त स्थानीय सरकार ?’

सडक विस्तारको नाउ“मा वटुक भैरवमन्दिरको क्षेत्र ओगट्न खोजेपछि सडकमा स्थानीयहरुले प्रदर्शन गरेका थिए । उनीहरुले लगनखेलको व्यस्त सडकमा बसेर सडक विस्तारको नाउ“मा ऐतिहासिक मन्दिर परिसरको जग्गामा हस्तक्षेप गरेको भन्दै नाराबाजी गरेका थिए ।प्रदर्शनका क्रममा केही बेर वातावरण तनावग्रस्त बनेको थियो ।
यसैबीच नाराबाजी गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका स्थानीयले पुल्चोकस्थित महानगरपालिका परिसर पुगेर प्रमुख महर्जनसहित जनप्रतिनिधिहरुलाई सम्पदा भत्काउन लाग्दा पनि चुपचाप बसेको भन्दै असन्तुष्टि पोखे ।ज्ञापन बुझ्दै प्रमुख महर्जनले प्राधिकरणले डोजर लिएर मन्दिरको पर्खाल भत्काएको आफूसंग समन्वय नगरेको बताउनुभयो । ‘प्राधिकरणले म संग केही कुरा गरेको छैन । अब म सरोकारवालाहरुलाई बोलाएर सम्पदा क्षेत्रको संरक्षण गर्न पहल गर्ने छु ।’ प्रमुख महर्जनले भन्नुभयो ।