सल्यानमा अबिरल वर्षा, ४० घर डुबानमा, २ वटा पुलमा क्षति



सरिता चलाउने, सल्यान ।

शनिबार राति आएको अबिरल बर्षाले सल्यानको पश्च्मिी क्षेत्रको सल्लीबजार डुबानमा परेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १ को सल्लीबजारको गैलिबजारका राति राती ३ वजे पानी बजारमा पस्दा ४० भन्दा बढि घर डुबानमा परेका हुन ।

घरहरु डुबानमा परेपछि त्यहाका स्थानीय समस्यामा परेका छन । डुबान बाट शितली वि.कको घर वगाएको छ भने समान्य किराना पसल थोक तथा फुटकर पसलहरुमा पुर्ण रुपमा ठुलो क्षेती पुगेको ईल्लाका प्रहरी कार्यलय सल्लीबजारले जनाएको छ । यस्तै खगेश्वर शर्माको पसल ,दाङाली फोटो स्टुडियो,मनि फर्निचर,वेम्बो कटेज,पुर्णिमा होटलर बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम,मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलहरुको सम्पुर्ण समान बगाईदिएको छ ।

उद्धार कार्य जारी रहेको र डुबानमा कति क्षेति भयो भनेर क्षेतिको बिवरण सङकलन गरिने प्रहरीले जनाएको छ । डुबानमा करोड भन्दा बढिको क्षेति भएको हुन सक्न स्थानीयले बताएका छन ।

दुई वटा पुलमा समेत क्षति

यस्तै बर्षाले बन्दै गरेका दुई वटा पुलमा समेत क्षेति पु¥याएको छ । छिन्चु जाजरकोट सडक खन्डमा बन्दै गरेको निर्माणाधिन पुल बगाएको छ । साढे चार करोडको लागतमा बन्दै गरेको निर्माधिन पुलको सेटिङहरु बगाएको स्थानीयले बताएका छन । त्यसैगरी सल्ली चौरजाहारी सडक खण्डको त्रिबेणी बजारमा बन्दै गरेको पक्कि पुलमा क्षेति पुर्याएको छ भने छिन्चु जाजरकोट सडक खण्ड र रुकुम चौहरजारी सडक खण्डलाई पनि वर्षाले क्षेति पुर्याएको छ ।

ठेकेदारको लापरवाहिले समयमा काम नहुदाँ बन्गाड खोलाका निमार्ण्धिन दुवै पुलको सेटिङ समान वगाएको स्थानीयको भनाई छ । पुलकै कारण वजारमा ३ पटक खोला पसेको छ । पटक पटक वजारमा खोला पस्दा समेत कसैले क्षेतीपुर्ति नदिएको स्थानीय व्यापारिको दुखेसो छ । गैलिवजारका अधिकांस व्यापारिहरुलाई यो सहित ३ पटक खोला पसेको छ । डुबान बाट अधिकांस गैलीवजार वासि विस्थापित भएका छन् ।

यस्तै बन्गाड जिउलामा रोपाइँको लागि तयार पारिएको सयौ रोपनी खेतमा लगाएको धानको व्याड् खोलाले पुरेर क्षेती पुगेको कारण रोपाइँमा गर्न समस्या हुने वडा न ५ का वडा सदस्य गोपि सुनारले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्