विद्यार्थीलाई छात्रवृत्ति वितरण

0
Shares

नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुरको दरबार स्क्वाएरमा रहेको श्री पद्म स्कुल तथा उच्च माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने उक्त छात्रवृत्ति जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाले वितरण गरेका हुन्।

सो अवसरमा गेलालले भक्तपुरको विकासको लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने धारण व्यक्त गरेका छन्। उनले भक्तपुर नगरपालिकासँग समन्वय गरेरर पद्म स्कुल र कलेजको नयाँ भवन निर्माणको पहल गर्नेसमेत बताए। नेपाल सरकारले विद्यार्थी संख्या हेरेर अनुमान दिने भएकाले विद्यालयले शैक्षिक गुणस्तरमा समेत ध्यान दिन जरुरी रहेको गेलालको भनाइ रहेको छ।

कार्यक्रमका विद्यालयका प्राचार्य राम हाडाले विद्यालयमा समय–समयमा विभिन्न शैक्षिक गतिविधि हुने र अन्य अतिरिक्त क्रियाकलाप हुने बताए। कक्षा १ देखि १२ सम्म विभिन्न शीर्षकमा करिब ६ लाख ६१ हजार बराबरको छात्रवृत्ति एक शैक्षिक सत्रमा वितरण हुँदै आएको प्रार्चाय हाडाले जानकारी दिए।