भीमदत्तनगर, । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट आज उद्धार गरेको छ ।
इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उहाँले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताउनुभयो ।
रासस
प्रतिक्रिया