न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
चौथो आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत बिहीबार शिवम् न्यु डायमन्ड र नेपाली आर्मी क्लब सेमिफाइनलमा पुगेका छन्।
न्यु डायमन्डले दोहोरो जित हात पारेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। टोलीले पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–९,२५–७ र २५–१९ को सोझो सेटमा हरायो। दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी एपीएफलाई २५–१६,२५–२०,१७–२५ र २५–१६ को सेटमा पाखा लगायो। यो नतिजापछि एपीएफ र न्यु डायमन्डले ५ खेलबाट १२ अंक जोडेका छन्। अंक प्रतिशतको आधारमा एपीएफ १.४१७ सँगै पहिलो भयो भने न्यु डायमन्ड १.३७२ अंकका साथ दोस्रो स्थानमा र≈यो।

त्यस्तै चौथोमा रहेर आर्मीले पनि अन्तिम चारमा स्थान तय ग¥यो। आर्मीले आर्मीले नेपाल पुलिसमाथि ३–२ को रोमान्चक जित निकालेको थियो। पहिलो सेट १५–२५ ले गुमाएको आर्मीले लगातार दुई सेट २५–२० र २५–१० ले जितेर २–१ सेटले अग्रता लियो। चौथो सेटमा पुलिसले २५–२२ को साँघुरो जित निकालेपछि नतिजाका लागि निर्णायक सेटमा पुगेको थियो। जसमा आर्मीले पुलिसलाई १५–१२ ले हराएर खेल जित्यो।
आर्मीले ५ खेलबाट ३ मा जित निकाल्दै ८ अंक जोड्दा पुलिसले तेस्रो हुँदै ५ खेलबाट १० अंक बनाएको छ। सेमिफाइनलमा एपीएफले आर्मीसँग र न्यु डायमन्डले पुलिससँग खेल्ने छ। प्रतियोगिताको बिजेता टिमले २ लाख, उपबिजेताले १ लाख, तेस्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन्।