महारानीकी बहिनी मृत

0
Shares

आम्सटर्डम्स, (एजेन्सी)
नेदरल्यान्डकी महारानी माक्सिमाकी कान्छी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनसआयर्सस्थित आफ्नै निवासस्थानमा मृत अवस्थामा फेला परेको बिहीबार सरकारी सञ्चार माध्यमले जनाएको छ। ३३ वर्षीया इनेस जोर्रेगुएताले आत्महत्या गरेको बताइएको छ। उनी महारानी माक्सिमाकी एघार वर्षीया राजकुमारी एरियानेकी धर्म माता पनि हुन्। अर्जेन्टिनाका मूल बासिन्दा म्याक्सिमाले सन् २००२ मा डच युवराज विलियम अलेक्जान्दरसँग विवाह गरेकी थिइन्। तिनीहरूको तीन सन्तान रहेका छन्। डच अखबार डि भोल्स्क्रान्टले आफ्नी बहिनीको मृत्युको खबर सुनेर माक्सिमा स्तब्ध हुनपुगेको जनाइएको छ।