सोनिक आक्रमणबाट पीडित राजनीतिज्ञहरू फिर्ता

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्यसम्बन्धी समस्या देखिएका चीनमा रहेका केही अमेरिकी कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ। चीनको ग्वाङझाउस्थित अमेरिकी वाणिज्य दूतावासमा कार्यरत केही अमेरिकी अधिकारीहरू र उनका परिवारले असामान्य आवाज सुनेपछि मस्तिष्कमा समस्या आएको बताएका थिए।

गत महिना पहिलो घटना अगाडि आएपछि त्यसतर्फ पठाइएका अमेरिकी चिकित्सकीय टोलीको प्रारम्भिक जाँचपछि विदेश मन्त्रालयले प्रभावित व्यक्तिको थप जाँचका लागि अमेरिका बोलाएको हो। विदेश मन्त्रालयका प्रवक्ता हिथर नोर्टले उक्त जानकारी दिएको हो।राजनीतिज्ञलाई फिर्ता बोलाउने यस प्रक्रियाले उक्त आक्रमण एक अमेरिकी अधिकारीमा मात्र सीमित नभएको पुष्टि गरेको छ। यसले अन्य कयौं अमेरिकी कूटनीतिज्ञमाथि पनि असर परिरहेको देखिएको छ।

यस प्रकारको घटना यसअघि क्युबामा पनि देखिएको थियो। क्युबामा २४ अमेरिकी राजनीतिज्ञ ‘सोनिक आक्रमण’को शिकार भएपछि उनीहरूलाई देशमा फिर्ता बोलाइएको थियो। ती अधिकारीहरूले एकैपटक सुन्नमा समस्या, रिंगटा लाग्ने, दृष्टिसम्बन्धी समस्या आएको जानकारी दिएका थिए।