विश्वभरिका मुस्लिमलाई ट्रम्पको शुभकामना

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका मुस्लिमहरूलाई ‘रमजानको शुभकामना’ सन्देश दिएका छन्। उनले रमजानको अवसरमा ह्वाइट हाउसमा पहिलो पटक इफ्तार पार्टीको पनि आयोजना गरेका छन्।

ट्रम्पको उक्त डिनर पार्टीले कयौं मुस्लिमहरू अचम्भित भएका छन्, किनभने गत वर्ष उनले इफ्तारको आयोजना गरेको थिएन। इफ्तार डिनका क्रममा ट्रम्पले देश र विदेशमा मुस्लिम समुदायलाई एकताको सन्देश दिएका थिए।

ट्रम्पले भने– ‘आज हामी विश्वको महान् धर्ममध्येका एकको पवित्र परम्पराको सम्मान गर्छौं।’ ट्रम्पको उक्त डिनर पार्टीमा उनको क्याबिनेट सदस्य, साउदी अरेबिया, कुवेत, जोर्डन र यूएईसहित मुस्लिम बाहुल्य देशका उच्चायुक्त सहभागी भएका थिए।

ट्रम्पले आफ्नो चुनावी अभियानमा र राष्ट्रपति बनेपछिका दिनहरूमा आफ्नो मुस्लिम विरोधी धारणा सार्वजनिक गरेका थिए। ट्रम्पले मुस्लिमहरूलाई अमेरिका प्रवशेमा रोक लगाउनेसमेत माग गरेका थिए र कयौं मुस्लिम देशहरूमाथि प्रतिबन्ध पनि लगाएका थिए। सीएनएनलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले भेनेका थिए– मलाई लाग्छ, इस्लाम हामीलाई घृणा गर्छ।