जापानी प्रम आवे ट्रम्पसँग वार्ता गर्दै

0
Shares

टोक्यो, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भेटघाट कुनुअघि ट्रम्पसँग भेट्ने उद्देश्यले जापानका प्रधानमन्त्री सिन्जो आवे बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका छन्। आगामी १२ जुनमा ट्रम्प र किमबीच अचानक हुन गइरहेको वार्ताको सिलसिलामा कूटनीतिक दौडधुपमा आवे अमेरिका पुगेका हुन्।
अहिलेसम्म ट्रम्प–किम बैठकका केही एजेन्डाका विस्तृत विवरण पुष्टि भएको छ। हिजै ट्रम्पसँगको वार्तामा आवेले जापानको सुरक्षा चासो झल्किने गरी दबाब दिने अनुमान गरिएको छ।

यसैगरी बिहीबार नै सिंगापुरका विदेशमन्त्री भिभियान बालकृष्णान आफ्ना उत्तर कोरियाली समकक्षी रि योंग होसँग भेट्न प्योङयाङ प्रस्थान गरेका छन्। आवेले ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्भाले यता नियमित रूपमा उनीसँग भेटवार्ता गर्दै आएका छन्।
दशकौं देखिको अमेरिकी नीति तोड्दै अचानक ट्रम्पले कोरियाली नेता किमसँग भेट्न लागेकाले आवे ट्रम्पलाई जापानी चासोबारे बताउन आतुर भएका हुन्। जापानको हित विपरीत ट्रम्पले उत्तर कोरियासँग कुनै सम्झौता गर्ने पो हो कि भन्ने टोक्योको चिन्ता रहेको छ।

अमेरिकातर्फ प्रस्थान गर्ने क्रममा आवेले पत्रकारहरूलाई बताएका छन्– ‘क्षेप्यास्त्र र आणविक विषयलाई अघि बढाउने उद्देश्यले समन्वय गराउन राष्ट्रपति ट्रम्पसँग भेट्न लागेको हुँ।’

हाम्रो वार्ता सबैभन्दा बढी अपहरित विषयमा केन्द्रित रहनेछ।’ सत्तरी र असी दशकभरि उत्तर कोरियाले आफ्ना जासुसलाई जापानी भाषा र रहनसहन सिकाउनमा मद्दत पु¥याउन उत्तर कोरियाले थुपै्र जापान नागरिकलाई अपहरण गरेको थियो। उत्तर कोरियाले १३ वटा अपहरणका घटना स्विकारेको थियो। तर यसको संख्या त्योभन्दा बढी हुनुपर्ने अनुमान गरिएको छ।

उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएनएले अपहरणसम्बन्धी विषय समाधान भइसकेको तर जापानले निशस्त्रीकरण प्रक्रियालाई भाँड्न पुनः यस विषयलाई उठाइरहेको आरोप लगाएको छ। गत महिना उत्तर कोरियाली कूटनीतिज्ञहरूको अनावश्यक वक्तव्यबाजीबाट आफूलाई रिस उठेको भन्दै ट्रम्पले किमसँगको पूर्वनिर्धारित वार्ता रद्द भएको घोषणा गरेका थिए।