आत्मघाती विस्फोट

0
Shares

काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा शीर्ष मौलाबीहरूको एक सभानजिकै आत्मघाती विस्फोट गराइएको छ। उक्त विस्फोटमा १४ जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएको छ। मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ। उक्त आक्रमण हुनु केही समयअगाडि मात्रै मौलबी, इस्लामिक धर्मगुरुको सभाले आत्मघाती आक्रमणलाई ‘हराम‘ ठह¥याएको थियो। बैठक सकिएपछि सहभागी मौलबी तथा पाहुनाहरू सभाकक्षबाट बाहिर निस्कँदै गर्दा उक्त आत्मघाती हमला भएको काबुल प्रहरीले जानकारी दिए। हमलाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।