वासिंगटन,(एजेन्सी)
पछिल्लो एक अध्ययनअनुसार अमेरिकी किशोर किशोरीमा सामाजिक संजाल फेसबुकप्रतिको मोह घट्दै गइरहेको छ। बरु फेसबुकको प्रतिद्वन्द्वी युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटतर्फ तिनीहरु बढी आकर्षित हुँदै गइरहेको पाइएको छ।
अहिले अमेरिकाका ५१ प्रतिशत किशोर किशोरीले मात्र फेसबुकको प्रयोग गर्ने गर्दछन्। सन् २०१५ मा प्रयोगकर्ताको संख्यामा २० प्रतिशतले कमी आएको छ। अमेरिकास्थित प्यु रिसर्च सेन्टरले हालै तिनीहरुको सामाजिक संजाल बानी सम्बन्धमा सर्भेक्षण गरेको हो।
१३ देखि १७ वर्ष उमेर समूहमध्ये ४५ प्रतिशतसँग स्मार्टफोन रहेको बताइएको छ।
त्यसैगरी युट्युब तिनीहरुको फेसबुकप्रतिको मोह चोर्न सफल भएको छ। अहिले तिनीहरुमध्ये ८५ प्रतिशतले युट्युबको भिडियो सेयरिंग प्लेटफर्म रुचाउने गरेका छन्।
अहिले तिनीहरुमध्ये ७२ प्रतिशतले इन्स्टाग्राम र ६९ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने गरेका छन्। त्यसैगरी ३२ प्रतिशतले ट्विटर र १४ प्रतिशतले टम्बर प्रयोग गर्ने गरेका छन्।
प्रतिक्रिया