नेपाल समाचारपत्रकर्मी अधिकारी सम्मानित

0
Shares

पोखरा, (नेस)
नेपाल समाचारपत्रका पोखराकर्मी टंकराज अधिकारी कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सम्मानित भएका छन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले महोत्सवसम्बन्धी समाचार सम्प्रेषणमा महŒवपूर्ण भूमिका खेलेको भन्दै अधिकारीलाई सम्मान गरेको हो।

अधिकारी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको प्रचारप्रसार संयोजक हुन्। उनलाई प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको प्रथम चरणको शुभारम्भ कार्यक्रममा अन्नपूर्ण आधार शिविर पुगेर समाचार सम्प्रेषण गर्ने अन्य पत्रकारलाई पनि सम्मान गरिएको थियो।