असार ५ गते चीन जाँदै प्रम

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। उहाँ आगामी असार ५ गते चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
दुवै मुलुकबीचको तयारीअनुसार ओलीको चीन भ्रमण ५ दिनको हुनेछ। आफ्नो अघिल्लो कार्यकालमा चीनसँग भएका सहमति÷सम्झौता कार्यान्वयनमा उहाँको भ्रमण केन्द्रित हुने भएकाले भ्रमणका नयाँ एजेन्डा तय नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

रेलमार्ग, पारवहन, अन्तरदेशीय प्रसारण लाइन विस्तार, सुख्खा बन्दरगाह र इन्धन भण्डारण डिपो निर्माण, पेट्रोलियम पदार्थ उत्खनन्जस्ता विषय कार्यान्वयनमा भ्रमण केन्द्रित हुने बताइएको छ।

यसैगरी चीनसँग जोडिएका तातोपानी नाकासहित अन्य नाका खुलाउने, कृषि र पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाउने विषय यसपटक पनि दोहोरिने बताइएको छ। यसपटकको भ्रमणमा नेपालले नयाँ एजेन्डा तय नगरे पनि सरोकारवाला मन्त्रालयबीच छलफल भइरहेको परराष्ट्र स्रोतले जनाएको छ।