सरकारको बजेट घोषणः दुई नम्बर प्रदेशमा महत्वकांछी कार्यक्रम ,कार्यान्यवनमा जोड



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका अर्थमंत्री युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का महत्वपूर्ण आयोजनाहरुले प्रथामिकतामा परेका छन् यसको प्रभावकारी कार्यान्वयनका लागि यहाँका सरोकारवला ब्यक्तिहरुले जोड दिएका छन् ।

यो मुलुककै महत्वकांक्षी आयोजनाको रुपमा रहेको अन्तराष्ट्रिय बिमानस्थलको निर्माण प्रक्रिया समेटिएको छ । प्रदेश २ मा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई तीव्रता दिइने बजेटमा उल्लेख छ ।

जुन बिगत आठ बर्षदेखिको सरकारले घोषणा गरेका कार्यक्रम भित्र पर्दछन् । प्रदेशको प्रशासनीक मुख्यालय रहेको जनकपुरका बिषयमा पनि बजेटले बोलेको छ । आन्तरिक उडान भइरहेको जनकपुर विमानस्थललाई पनि क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने र छिमेकी मुलुकमा उडान भर्न योग्य बनाउने सरकारको योजना छ । काठमाडौं–निजगढ दुतमार्गले बजेटमा प्राथमिकता पाएको छ ।

आगामी आर्थिक वर्षभित्रै वीरगन्जदेखि काठमाडौंसम्मका रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ । बर्दिबास–सिमरा रेलमार्गको आगामी आर्थिक वर्षभित्रै डिपिआर तयार पारिनेछ । सुनकोसी–कमला सिँचाइ आयोजना निर्माण र हुलाकी राजमार्ग निर्माणलाई बजेटले प्रथामिकता दिएको छ । सरकारले घोषणा गरेको यी कार्यक्रमहरु कार्यान्वयन हुनुपर्नेमा उधोगी ब्यवसायी सहित सर्वसाधारणहरुले जोड दिएका छन् ।

वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले घोषणा गरेर मात्रै नहुने भन्दै कार्यान्वयनमा जोड दिए । यसरी नै बारा उधोग बाणिज्य संघका पूर्व अध्यक्ष बिनोद थापाले सरकारले निकै लोकप्रिय कार्यक्रम ल्याएका कराण र मध्य तराई सहितका २ नम्बर प्रदेशमा बिभिन्न महत्वकांछी योजना घोषणा गरेका कारण यसको कार्यान्वयनमा चुनौती रहेको बताए ।

सरकारले बिमान स्थल र दुर्त मार्ग निर्माणका लागि भने पहिलो प्राथमिता राखेर काम गर्नुपर्नेमा पनि नागरिकहरुले जोड दिएका छन् । निजगढ बिमान स्थल बन्ने आश पलाएपनि बिश्वास भने अझै नलागेको बिमान स्थल निर्माण हुने स्थान बाराको टाँगियाबस्तीका स्थानीय रमेश सापकोटाले बताए । दुर्त मार्ग भने नेपाली सेनाले बनाइरहेका कारण यो बन्ने आश रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्