नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ। शनिबार नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो। नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गर्नुभएको प्रस्तावमा सबै सांसदले समर्थन जनाउनुभएको थियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिनुभएको हो।