फोटो पत्रकार श्रेष्ठ सगरमाथाको चुचुरोमा


काठमाडौं, (नेस)
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखर चुमेकी छन्। सफल आरोहणसँगै श्रेष्ठ सर्वाेच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन्।

सर्वाेच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल फोटो पत्रकार पूर्णिमाप्रति फोटो पत्रकार क्लबले धन्यवाद ज्ञापन गरेको छ। गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन्।

आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन्।