सम्पदा पुनर्निर्माणलाई तीव्रता दिइने


नेपाल समाचारपत्र
ललितपुर
पाटन दरबार क्षेत्रमा भइरहेको सम्पदा पुनर्निर्माण र त्यहाँको अमूर्त सम्पदा संरक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले चासो व्यक्त गरेका छन्।ललितपुरस्थित पाटन दरबार क्षेत्रको शुक्रबार अवलोकन गर्दै मन्त्री अधिकारीले सम्पदा पुनर्निर्माणको कार्यले गति लिइरहेकोमा सन्तोष व्यक्त गर्दै अमूर्त संस्कृतिको संरक्षणमा चासो देखाएका हुन्।

अपरा≈न ४ बजे मन्त्री अधिकारी करिब डेढ घण्टा पुनर्निर्माण भइरहेको सम्पदाको अवलोकनसँगै रमाएका थिए। वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। काठमाडौं उपत्यका संरक्षण कोषको अग्रसरतामा पुनर्निर्माण कार्य भइरहेको हो।‘विश्वप्रसिद्ध कृष्णमन्दिर पुनर्निर्माणको कार्य दुई महिनामा सकिनेछ।ँ –कोषका अध्यक्ष रोहित रञ्जितले मन्त्री अधिकारीसमक्ष जानकारी दिनुभयो। त्यसैगरी चार नारायणको मन्दिर पुनर्निर्माण ११ महिनामा सकिनेछ।

विभिन्न राष्ट्रको सहयोगमा सम्पदा पुनर्निर्माणले गति लिइरहेकोमा मन्त्री अधिकारीले सन्तोष व्यक्त गर्दै यसको संरक्षणका र पुनर्निर्माणमा मन्त्रालयले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।मन्त्री अधिकारीले पुनर्निर्माण भइरहेको चार नारायण मन्दिर, हरिशंकर मन्दिर, कृष्ण मन्दिरको अवलोकन गर्दै सुन्दरीचोकको काष्ठकला, प्रस्तरकला, भण्डारखाल बगैंचामा भूकम्पबाट क्षतिग्रस्त काष्ठकलाको पाटन संग्रहालय अवलोकन गर्नुभएको थियो। सो अवसरमा स्थानीयले पाटन दरबार क्षेत्रसँग सम्बन्धित अर्मूत संस्कृतिको संरक्षणको विशेष कार्यक्रम ल्याउन मन्त्रीसमक्ष माग गरेका थिए। उनीहरूले पर्याप्त बजेट अभाव, राज्यमा पहुँचको अभाव, व्यवस्थापकीय तथा समन्वयको अभावले अमूर्त सम्पदा लोप हुने क्रममा रहेको मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहले संस्कृति संरक्षणमा गर्ने प्रयासलाई मन्त्रालय पनि टेवा पु¥याउनुपर्ने मन्त्रीसमक्ष भन्नुभयो।

सो अवसरमा ललितपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष राजु महर्जन, वडा १२ का अध्यक्ष नारायणलाल अवाले, वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यलाई संस्कृति संरक्षणलाई विशेष प्राथमिकता दिँदै यसमा बाधक देखिएका कानुनहरू संशोधनसँगै ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गर्न केन्द्र सरकारले सहजीकरण गरिदिन आग्रह गर्दै आ–आफ्नो भनाइ राख्नुभयो। सो अवसरमा पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहाल, महानगरपालिकाका उपप्रमुख गीता सत्याललगायतले सम्पदा संरक्षणमा देखिएका कानुनी, प्रशासकीय अवरोधहरू हटाउनेबारे आआफ्नो धारणा राख्नुभयो।