मोदी भ्रमणमा मौसम अनुकूल हुने


काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसममा ठूलो उतार–चढाव नआउने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रस्ट्याएको छ।

मौसमका कारण मोदी भ्रमणमा कुनै असर नहुने बताउँदै महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरेको हो। काठमाडौं, जनकपुर, जोमसोम (मुक्तिनाथ), पोखराका लागि आउँदो ४ दिनको मौसमी अवस्था आकलन गरिएको छ। मोदी भोलि शुक्रबार भारतको पटना हुँदै जनकपुर आइपुग्ने कार्यतालिका तय भएको छ।

शुक्रबार काठमाडौं, पोखरा र मुक्तिनाथ क्षेत्रमा अपरा≈नपछिको मौसम धुमिएर हल्का वर्षा हुने सम्भावना रहे पनि जनकपुरमा त्यस्तो अवस्था नरहने बताइएको छ। शनिबार यी चारवटै गन्तव्यमा अपरा≈नको मौसममा सामान्य उतारचढाव आउने संकेत देखिए पनि बिहान र दिउँसोको मौसम सामान्य रहने महाशाखाका मौसमविद् राजु प्रधानाड्डले बताउनुभयो।

‘उच्चस्तरीय भ्रमण भएकाले भ्रमण अवधिको मौसमको अपडेट गर्ने काम भइरहेको छ, भ्रमण अवधिभर त्यस्तो ठूलो अवरोध आउने सम्भावना छैन।’ –उहाँले भन्नुभयो। मोदीको स्वागत–सत्कारका लागि जनकपुरका विभिन्न स्थानमा तयार गरिएको स्वागतद्वार र अन्य संरचनालाई बुधबार बिहान सबेरैको हावाहुरीले क्षति पुर्याएको छ। भू–मध्यसागर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्वतर्फ सर्ने क्रममा त्यस्तो क्षति भएको बताइएको छ।