प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल


काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गर्नुभएको छ।

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरू हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो।

यसैगरी भूउपयोगसम्बन्धी नीति पनि बनाउनुपर्ने पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिनुभएको छ। बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो।