विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा।महेन्द्र विष्ट र लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका डा। राजेश अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गर्नुभयो।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित एक समारोहका बीच मधेस मिडिया हाउसका अध्यक्ष तथा डा। अहिराज र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा। विष्टलाई राष्ट्रपति भण्डारीले सो पुरस्कार प्रदान गर्नुभएको हो।

सोही समारोहमा वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई प्रदान गरिएको थियो। पुरस्कार तथा सम्मानको राशि जनही २÷२ लाखको रहेको छ।