प्रहरीद्वारा ट्रेक्टरसहित ५० क्यू फिट काठ बरामद



सिताराम चौधरी, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले टे«क्टरसहित ४९ दशमलव ५१ क्यू फिट सिमलको काठ बरामद गरेको छ ।

लु १ त ९१८३ नम्बरको टे«क्टरमा लोड गरेको अवस्थामा प्रहरीले कृष्णनगर ५ बगहीबाट १५ गोलिया काठ बरामद गरेको हो । विशेष सुराकी आधारमा त्यहाँ पुगेको प्रहरी गस्ती टोलीलाई देखेर चालक फरार भएपछि बेवारिसे अवस्थाबाट ट्रेक्टरसहित काठ बरामद गरिएको प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिनुभयो ।

गत २०७४ फागुन २७ गतेको कटानी आदेश लिएपनि विना छुट पुर्जी, विना टाँचाको कानुन विपरीत ओसारपसार गरेका कारण नियन्त्रणमा लिएको गैरेले बताउनुभयो । बरामद गरिएको काठ ५० हजार र टे«ेक्टरको मूल्य अन्दाजी ३ लाख ५० हजार गरी ४ लाख पर्ने उहाँले भन्नुभयो । नियन्त्रणमा लिएको काठसहितको ट्रेक्टर आवश्यक कारबाहीका लागि चन्द्रौटा सेक्टर वन कार्यालय पठाइएको गैरेले बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्